१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल मनी विकमा आयोजित निबन्ध प्रतियोगितामा राजवंशी प्रथम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३९:oo

विश्व वित्तीय सप्ताह–२०२४ (ग्लोबल मनी विक)का अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)ले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको विजेता घोषणा गरिएको छ । 

‘इनिसिएटिभ्स इन फोस्टरिङ फाइनान्सियल लिट्रेसी इन क्यापिटल मार्केट अफ नेपाल’ विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट कीर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । त्यस्तै, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत प्रज्वलविक्रम थापा द्वितीय, मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत प्रदीप घर्ती क्षेत्री तृतीय भएको डिब्यानले जनाएको छ । प्रतियोगितामा विजेताले क्रमशः ५०, २५ र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालले प्राप्त निबन्धहरूको अध्ययन तथा विजेता छनोट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्णुकुमार गिरी र सन्दीप राणासहित गठन गरेको तीन सदस्यीय मूल्यांकन समितिले प्राप्त निवेदनउपर विषयवस्तुको प्रस्तुति, त्यसको व्याख्या, भाषा र विषयवस्तुको कभरेजका आधारमा मूल्यांकन गरी विजेताको छनोट गरेको हो । प्रतियोगितामा देशभरबाट सहभागी ३२ जना प्रतियोगीबाट विजेता छनोट गरिएको डिब्यानले जनाएको छ । 

ad
ad