मुख्य समाचार
डिजिटल संस्करण
डोल्पाको पिप्लामा लागेकाे आगो निभाउने क्रममा चार आर्मी जलेर गम्भीर घाइते
Read Time : < 1 मिनेट
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
डोल्पाको दुनै बजारमाथि आगलागीमा परेर नेपाल आर्मीका चारजना गम्भीर घाइतेका भएका छन्।
सोमबार बिहान करिब ११ बजेतिर दुनै बजारमाथि पिप्लामा लागेको आगो निभाउन गएको आर्मीको टोलीमध्येका चारजना जलेर गम्भीर घाइतेका भएका हुन्।
डोल्पा जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले उनीहरु करिब ७० प्रतिशत जलेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको जानकारी दिए। उनीहरूलाई थप उपचारका लागि आर्मीकाे हेलिकाेप्टरमा नेपालगञ्ज लगिएकाे डा. उपाध्यायले बताए।