१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले नवलपुरको अध्यक्षमा सर्वसम्मतकाे प्रयास, श्रेष्ठ र पाण्डे मैदानमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१८:oo

नेकपा एमाले नवलपुरमा अध्यक्षलगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ।

एमाले नवलपुर स्रोतका अनुसार एमाले नवलपुरका पोलिटब्युरो सदस्य एवं नवलपुर इन्चार्ज मना केसी जिसी, केन्द्रीय सदस्य तिलक महत, रवीन्द्र अधिकारीलगायतको नेतृत्वमा छलफल भइरहेको छ।

चरणचरणमा छलफल चलिरहेको जनाएको छ। नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ, मुक्तिराम पाण्डे अन्तिम प्रतिपर्धीको रूपमा देखिने भएका छन्। दुवैजनाले अध्यक्ष नछोड्ने दाबी गरेको स्रोतले जनाएको छ। तर, दुवै पक्ष निर्वाचनमा जाने पक्षमा भने देखिएका छैनन्।

सर्वसम्मत नभएर निर्वाचनमा गएको खण्डमा होमनाथ जैसी, होमनाथ सुवेदी, भीम कँडेललगायत पनि आकांक्षी देखिएका छन्। नेकपा एमाले नवलपुरका अधिवेशन भोलि कावासोतीमा हुँदै छ। अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा वलीले उद्घाटन गर्ने जनाइएको छ।

नवौँ अधिवेशनमा ९२ वटा वडा, आठवटा पालिकास्तरीय जातीय मुक्ति समाज, जिसी मजदुर एक, २१ वटा जनवर्गीय संगठन, जिल्ला सल्लाहकार, लेखा कमिटी, ज्येष्ठ नागरिक मञ्चबाट गरी ६ सय ११ जना प्रतिनिधिसहित जिल्ला कमिटी र मनोनीत एक सय ४० जना गरी सात सय ५१ जना प्रतिनिधि सहभागी हुनेछन्।

अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुईसहित पाँच सदस्यीय पदाधिकारी पनि चयन गर्नेछ। पाँच सदस्यीय पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने प्रावधान छ।

ad
ad