१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश हेम्जन
२o८१ बैशाख २० बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जितपुर सिमरा गोल्डकप : आर्मीको संघर्षपूर्ण जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२४:oo

वीरगन्ज युनाइटेड क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिबारबाट सुरु भएको जितपुर सिमरा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज सुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरियो।

वीरगन्जका लागि फागुराम चौधरीले पेनाल्टीमार्फत खेलको ४१औँ मिनेटमा अग्रता बनाएका थिए। आर्मीका डिफेन्डर सुरज बस्नेतले वीरगन्जका फागुरामलाई डिबक्सभित्र फाउल गरेपछि फिफा रेफ्री उमेश बिडारीले वीरगन्जलाई पेनाल्टीको मौका दिएका थिए।

आर्मीका कमल थापाले पहिलो हाफमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुसी पारे। खेलको ४४औँ मिनेटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए।

दोस्राे हाफमा वीरगन्जविरुद्ध आर्मीले सुरुवाती अग्रता लियो। खेलको ६१औँ मिनेटमा आकर्षक फ्री किक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए। करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्री किकलाई वीरगन्जका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन्।

सुरुवाती अग्रता उल्टिएपछि आक्रामक बनेको वीरगन्जका लागि फागुराम चौधरीले व्यक्तिगत दोस्राे गोल गर्दै बराबरीमा ल्याए पनि जितका लागि पर्याप्त बन्न सकेन। खेलको ८२औँ मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउन्टर अट्याकमा गोल गरेका थिए।

दोस्राे हाफको इन्जुरी समयमा आर्मीका लागि फत्तेमान घलेले निर्णायक गोल गरे। वीरगन्जका डिफेन्डरहरूको गल्तीको सदुपयोग गर्दै फत्तेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए।

खेलको म्यान अफ दी म्याच आर्मीका दिनेश हेम्जन घोषित भए। उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजारसहित ट्रफी प्राप्त गरे।

आइतबार साबिक विजेता चर्च ब्वाइज युनाइटेड र सिराहाको सलहेस युवा क्लबबीच खेल हुनेछ।
 

ad
ad