![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bir-kawadi2024-04-07-06-59-28.gif)
२७ वर्षदेखिको कबाडी सामानका कारण अस्पतालको स्टोर तथा पछाडिको प्रांगण अस्तव्यस्त र कुरूप बनेको छ । यी सामान अस्पतालमा काम लाग्ने किसिमका छैनन् । अस्पतालले पुराना मेसिन, कुर्सी, फलाम, बेड, फर्निचरलगायत सामान एकै चरणमा लिलाम गर्न खोजिरहेको छ । पहिलोपटक ११ भदौ, दोस्रोपटक ११ असोज, तेस्रोपटक २१ कात्तिक र चौथोपटक १२ मंसिरमा टेन्डर आह्वानसम्बन्धी सूचना जारी गरिएको थियो । कसैले पनि टेन्डरका लागि निवेदन नदिएपछि यी सामान कसरी व्यवस्थापन गर्ने भन्नेबारे अस्पताल प्रशासनको टाउको दुखाइ बनेको छ । अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले अब सामान वार्ताको माध्यमबाट लिलाम गर्ने प्रक्रिया थालिएको बताए । तर, यो प्रक्रिया जोखिमपूर्ण मानिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा माथिल्लो निकायले प्रश्न गर्ने ठाउँ हुने भएकाले प्रशासन यसबारेमा अलमलमा परिरहेको उनको भनाइ छ ।
वीर अस्पतालमा थुप्रिएको कबाडी सामान लिलाम गर्न अस्पतालले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोलपत्रदाताले रुचि देखाएका छैनन् । अस्पताल प्रशासनले टेन्डर प्रक्रियाका लागि राखेको दररेट धेरै भएको भन्दै खरिदकर्ताले रुचि नदेखाएका हुन् । वीरले यही वर्ष मात्रै चारपटक टेन्डर आह्वान गरिसकेको छ ।
अस्पताल प्रशासनका अनुसार २७ वर्षदेखि अस्पतालमा कबाडी सामान थन्किएका छन् । ती सामानले अस्पतालको स्टोर रुमअगाडिको करिब एक रोपनी क्षेत्रफल ओगटेको छ । कबाडी लिलाम गर्न अस्पताल प्रशासनले सुरुमा चार करोड दररेट कायम गरेको थियो । तर, कसैले पनि सामान खरिद गर्न रुचि नदेखाएको अस्पतालका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरूले जानकारी दिए । ‘वर्षौँदेखि अस्पतालमा थन्किएर काम नलाग्ने कबाडी सामान लिलाम गर्न खोज्दा कसैले पनि रुचि देखाएनन्,’ पनेरूले भने, ‘०५३ देखिका थोत्रा बेड, बिग्रिएका उपकरण, फर्निचरलगायत सामग्रीको मूल्यांकन गरी लिलाम प्रक्रिया अघि बढाएका थियौँ ।’ उनका अनुसार अस्पतालका सबै कबाडी सामानको दररेट सुरुमा चार करोड तीन लाखहाराहारी तोकिएको थियो । तर, तीनवटा सूचनामा टेन्डरका लागि कोही नआएपछि चौथोपटकको सूचनामा दररेट घटाएर साढे दुई करोड कायम गरिएको हो । तैपनि सामान खरिद गर्न टेन्डर नै परेन ।
पहिलोपटक ११ भदौ, दोस्रोपटक ११ असोज, तेस्रोपटक २१ कात्तिक र चौथोपटक १२ मंसिरमा टेन्डर आह्वानसम्बन्धी सूचना जारी गरिएको थियो । कसैले पनि टेन्डरका लागि निवेदन नदिएपछि यी सामान कसरी व्यवस्थापन गर्ने भन्नेबारे अस्पताल प्रशासनको टाउको दुखाइ बनेको छ । अस्पतालका मेडिकल स्टोर प्रमुख पनेरूले अब सामान वार्ताको माध्यमबाट लिलाम गर्ने प्रक्रिया थालिएको बताए । तर, यो प्रक्रिया जोखिमपूर्ण मानिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा माथिल्लो निकायले प्रश्न गर्ने ठाउँ हुने भएकाले प्रशासन यसबारेमा अलमलमा परिरहेको उनको भनाइ छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा लिलामीसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको बुँदा नम्बर १०६ अनुसार टेन्डर प्रक्रियाबाट सामान बिक्री हुन नसके कार्यालय प्रमुखले कोष तथा लेखानियन्त्रकको कार्यालयको प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधिको रोहवरमा वार्ताद्वारा लिलाम कबोल रकम कायम गरी सोझै बिक्री गर्न सक्छ । यही प्रक्रियाअनुसार अस्पताल प्रशासनले वार्ताबाट सामान लिलाम गर्ने प्रक्रिया अघि बढाएको हो ।
२७ वर्षदेखिको कबाडी सामानका कारण अस्पतालको स्टोर तथा पछाडिको प्रांगण अस्तव्यस्त र कुरूपबनेको छ । यी सामान अस्पतालमा काम लाग्ने किसिमका छैनन् । अस्पतालले पुराना मेसिन, कुर्सी, फलाम, बेड, फर्निचरलगायत सामान एकै चरणमा लिलाम गर्न खोजिरहेको छ ।
अस्पतालका कबाडी सामान लिलाम प्रक्रिया फरक हुनुपर्ने माग
लिलाम गर्नुपर्ने अन्य सामानभन्दा अस्पतालका सामानको दररेट तथा लिलाम प्रक्रिया फरक हुनुपर्ने हो । तर, सरकारले एउटै नियमावलीमा सबैखाले कबाडी वस्तुलाई राखेको छ । अस्पतालका सामानको लिलामबारे छुट्टै नियम भएको भए लिलाम प्रक्रियामा सहज हुने पनेरूको ठम्याइ छ । ‘अस्पतालका कबाडी सामान अन्य सामानभन्दा महँगो मूल्यमा लिलाम प्रक्रियामा जानुपर्ने हो, तर कानुनले एउटै बनाइदिएको छ,’ उनले भने, ‘त्यसकारण अस्पतालका सामान तथा उपकरण लिलाम गर्नलाई फरक कानुन चाहिन्छ ।’