मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २४ शनिबार
  • Wednesday, 05 February, 2025
तस्बिर : एएफपी
रासस ग्वान्झाओ
२o८o चैत २४ शनिबार १७:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिका र चीनबीच ‘सन्तुलित आर्थिक वृद्धि’का लागि वार्ता गर्ने सहमति

Read Time : < 1 मिनेट
रासस, ग्वान्झाओ
नयाँ पत्रिका
२o८o चैत २४ शनिबार १७:५६:oo

संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ।

अमेरिकी अर्थमन्त्री जेनेट एलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबीच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी जिनपिङबीच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबीचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो।’

एलेनले शनिबार भएको एक कार्यक्रममा भनिन्, ‘यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्नेछ। छलफलले चीनको क्षमताभन्दा बढी देखिएको विश्वव्यापी आपूर्ति नियन्त्रणबारे बहस चलाएको छ र म यसलाई अमेरिकी कामदार र फर्महरूको लागि समान अवसर सिर्जनाका लागि भएकोे छलफलका रूपमा व्याख्या गर्न चाहन्छु।’

ताइवान र भिडियो एप टिकटकको पहुँचलाई लिएर वासिंटन र बेइजिङबीच तनाव थपिएको समय एलेनको चीन भ्रमण भएको हो।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणको बेइजिङले निन्दा नगरेको भन्दै रुसलाई चिनियाँ कम्पनीले युद्धका लागि सहयोग गरेमा ‘महत्त्वपूर्ण परिणाम’ भोग्नुपर्ने अमेरिकी अर्थमन्त्रीले चेतावनी दिइन्। 

अमेरिकी अर्थमन्त्री एलेनले भनिन्, ‘रुसी रक्षा औद्योगिक आधारलाई समर्थन गरेमा यसबाट चीनले नराम्रो परिणाम व्यहोर्नुपर्ने हुन्छ। जनगणतन्त्र चीनमा रहेका हतियार उत्पादन कम्पनीसहित विश्वका अन्य कम्पनीहरूले युक्रेनविरुद्ध रुसको युद्धको लागि भौतिक समर्थन प्रदान गर्नुहुँदैन।’