Skip This
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २४ शनिबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o चैत २४ शनिबार o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २४ शनिबार o९:१५:oo

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्ज चोकमा राति ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ। काठमाडौंबाट काँकरभिट्टाको लागि हिँडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

अमलेखगन्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको उनले बताए। मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुरनिवासी रहेको प्रहरीले जनाएको छ।