१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख २० बिहीबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरुवा–बढुवालाई वैज्ञानिक र पारदर्शी बनाउने प्रयास भइरहेको छ : प्रहरी महानिरीक्षक कुँवर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:१४:oo

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा सरुवा तथा बढुवाको पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित बनाउन नेतृत्व तह सदैव चिन्तित भएर अघि बढिरहेको बताएका छन्।

हालै पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीबाट साझा प्रतिबद्धता, सामूहिक साथ र सहयोगको अपेक्षा लिएको बताए।

बढुवा भएका अधिकृतलाई आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढीकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्न उनले जोड दिएका छन्। पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वाकांक्षा र स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा  विश्वास व्यक्त गरेका छन्।

कुँवरले आ–आफ्नो क्षेत्रअन्तर्गत संगठनको सुदृढीकरणका लागि रचनात्मक क्रियाशीलतातर्फ अग्रसर रहन पनि निर्देशन दिएका छन्। 

प्रशासनतर्फका आठ र प्राविधिकतर्फका पाँच गरी जम्मा १३ जना प्रहरी अधिकृतलाई महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, विनोद घिमिरे र प्राविधिकतर्फका कमला लामाले दर्ज्यानी चिह्न पाएका हुन्।

यसैगरी प्राविधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेतनारायण ज्ञवाली र सोमप्रसाद पंगेनीलाई पनि महानिरीक्षकले दर्ज्यानी चिह्न लगाइदिएका छन्।

ad
ad