Skip This
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २२ बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार ११:४८:oo

जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ।

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले नयाँ सांसदको नाम सिफारिस गर्ने जानकारी दिए।

साथै बैठकमा आगामी वैशाखमा हुन गइरहेको उपनिर्वाचनका साथै पार्टीको राष्ट्रिय महाधिवेशनलगायतका विषयमा पनि छलफल हुने उनले बताए।