१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

गीतकार अधिकारी आइएसएसए अवार्डमा मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४९:oo

गीतकार लोकराज अधिकारी छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको पुरुष गीतकारतर्फ मनोनयनमा परेका छन् । अमेरिकाको एटलान्टामा आगामी २४ अगस्टमा ‘इन्टरनेसनल सिइगर सङ राइटर्स एसोसिएसन’ले अवार्ड आयोजना गर्दै छ ।

आयोजकले सोमबार आधिकारिक रूपमा विभिन्न ४६ विधामा मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो । जसमा नेपालबाट अधिकारी मात्रै मनोनयनमा छन् ।

अधिकारीले रचना गरेको ‘यस्तो भा’छ मलाई त ...’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा प्रताप दास र शान्ता जिसीको स्वर छ । यस विधामा अधिकारीसँगै ६८ जना मनोनयनमा छन् ।

गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताए । अवार्डका लागि भोटिङमार्फत टप २० को छनोट हुनेछ । आगामी ३० अप्रिलसम्म इलेक्ट्रोनिक भोटिङ खुला हुने र अन्तिम प्रतिस्पर्धीको घोषणा २ मेमा हुनेछ ।

ad
ad