१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्यार्थीलाई न्याय र अवसर हुने कुरामा राजनीति नगरिदिनुहोला : शिक्षामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यार्थीलाई न्याय र अवसर हुने कुरामा राजनीति नगरिदिन आग्रह गरेकी छिन् । विश्वविद्यालयका विद्यार्थीलाई प्रशिक्षार्थी कामदारका रूपमा मन्त्रालय र मातहतका ठाउँहरूमा ‘इन्टर्न’मा भर्ना गराउनेबारे संसद्मा उठेका प्रश्नको बुधबार जवाफ दिँदै उनले आफूले गरेको निर्णयले मन्त्रालयमा असर नपार्ने र त्यसले विद्यार्थीलाई न्याय गर्ने दाबी गरिन् ।

श्रेष्ठले विद्यार्थीलाई रोजगार दिने कार्यविधि सुशासन ऐनमा टेकेर बनाएको र यो कानुन मन्त्रालयको कार्यविधिभित्र पनि रहेको भन्दै यसप्रकारको अभ्यासलाई गलत रूपमा नलिन आग्रह गरिन् ।

‘विद्यार्थीले राजनीति मात्रै सिक्ने ? प्रशासन र नीति निर्माण बुझ्न पर्दैन ? हामीले काम गर्न किन नसिकाउने ?’ उनले भनिन्, ‘विद्यार्थीले न्याय र अवसर पाउने कुरामा राजनीति नगरिदिनुहोला ।’

उनले आवश्यकता र सीमित संख्यामा आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुने गरी विद्यार्थीलाई रोजगारीको अवसर दिन लागिएको बताइन् । मन्त्री श्रेष्ठकै अवधारणाअनुसार सोमबार मात्रै प्रशिक्षार्थी (इन्टर्न)सम्बन्धी कार्यविधि, २०८० जारी भएको थियो ।

ad
ad