१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:४४:oo

नेपाल टेलिकमले आलाकार्टा प्रणाली सुरु गरेको छ । कम्पनीले सञ्चालन गरेको आइपी टिभी (एनटी टिभी)मा ग्राहकले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न मिल्ने गरी यो प्रणाली लागू गरेको जनाएको छ । 

यससँगै अब ग्राहकले बेसिक प्याकेज, प्रिमियम प्याकेज या आवश्यकताअनुसार बुकेट प्याकेजमा थप गरी प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ । बेसिक प्याकेज लिएका ग्राहकले आफ्नो आवश्यकताअनुसार बुकेट प्याकेज खरिद गर्न सक्नेछन् ।

आलाकार्टा प्रणालीअन्तर्गत ग्राहकले मासिक स्टार बुटेक प्याकेजको ६५ रुपैयाँ र ६ महिनाको एक सय ९५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, मासिक प्याकेजमा न्यूनतम दुई रुपैयाँ र अधिकतम एक सय ७५ रुपैयाँ पर्नेछ । त्यस्तै, ६ महिने प्याकेजमा न्यूनतम ६ रुपैयाँ र अधिकतम पाँच सय २५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

त्यसैगरी, सुरुको तीन महिनाभित्र सबै प्रिमियम प्याकेजसहित वार्षिक प्याकेज लिँदा प्रतिमहिना तीन सय ६० रुपैयाँका दरले तिर्दा हुनेछ । वार्षिक प्याकेज लिँदा ५० एमबिपिएसको १२ हजार रुपैयाँ, १०० एमबिपिएसको १४ हजार नौ सय ९९ रुपैयाँ, १५० एमबिपिएसको १६ हजार चार सय ९९ रुपैयाँ र २०० एमबिपिएसबराबरको १९ हजार नौ सय ९९ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । 

ad
ad