Skip This
आठौँ विराट गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 26 July, 2024
गणेश लम्साल विराटनगर
२o८o चैत २० मंगलबार o७:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै एपिएफ सेमिफाइनलमा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार o७:o५:oo

एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २–० ले हराउँदै आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा विजयी भएको एपिएफले बुधबार फाइनल प्रवेशको खेलमा घरेलु टोली सांग्रिला मोरङको सामना गर्नेछ । चर्च ब्वाइज इटहरी गोल्डकपको विजेता हो ।

एपिएपका प्रदीप लामा र अनिष महर्जनले एक–एक गोल गरे । मध्यान्तरपछि एपिएफले आक्रामक खेल खेल्दै नतिजा आफ्नो पक्षमा पारेको हो । खेलको ५७औँ मिनेटमा एपिएफले १–० को अग्रता लियो । प्रदीपले मध्यभागबाट एक्लै अगाडि बल बढाएर उत्कृष्ट फिनिसिङ गोल गरे । उनले चर्च ब्वाइजका अन्तिम डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् । 

खेलको ८१औँ मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपिएफका अनिष महर्जनले २–० को जित पक्का गरे । छैटौँ संस्करणको विजेतासमेत रहेको एपिएफले १० महिनापछि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदलासमेत लिएको छ ।

लिग फुटबलमा चर्च ब्वाइजले एपिएफलाई ४–१ ले पराजित गरेको थियो । चर्च ब्वाइजको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा एपिएफले निकाल्यो । खेलको १५औँ मिनेटमा एपिएफका मनिकुमार लामाले अवसर खेर फाले । प्रदीपले निकालेको पासमा मनिकुमारले प्रहार गरेको वान भर्सेस वानमा गोल गर्नै सकेनन् । खेलको २७औँ मिनेटमा एपिएफका जोनाह ग्लोरीले डी बक्सभित्रबाट गरेको क्रसबार गयो । 

खेलको ३४औँ मिनेटमा जोनाह ग्लोरीको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाए । पहिलो हाफमा चर्च ब्वाइजको गोल प्रयास असफल भयो । चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले दुई मुख्य खेलाडी गोल्डकपबाहिर हुनु नै हारको कारण भएको बताए । ‘खेलमा अतिरिक्त खेलाडी पनि खेलाउने किसिमको भएन,’ उनले भने, ‘धेरै खेलाडी घाइते छन्, यसकारण हाम्रो टोली कमजोर देखिएको हो ।’ अघिल्लो दुई खेलमा एपिएफलाई हराएको चर्च ब्वाइजले विराट गोल्डकपमा उत्ृकष्ट प्रदर्शन गर्न नसकेको राईले बताएका छन् । 

एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको हारको बदला लिन सफल भएको बताए । ‘अघिल्लो खेलमा पनि प्रदीप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपिएफको टिम सन्तुलित रहेको छ,’ राईले भने । गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा मंगलबार मच्छिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउथर्न समितिको सामना गर्नेछ ।