
आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । जेठ मसान्तसम्मका लागि ल्याएको योजनामा तीनजना भाग्यशाली विजेताले पुरस्कार जित्न सक्ने जनाइएको छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकम पूरै क्यासब्याक पाउने उल्लेख छ ।
दोस्रो विजेताले द लेकसाइड रिट्रिट (पोखरा)को प्याकेज पाउने तथा तेस्रो विजेताले चन्द्रागिरि हिल्स रिसोर्टको प्याकेज पाउने जनाइएको छ ।यसका साथै हरेक हवाई टिकटमा उच्चतम रिवार्ड प्वाइन्ट पनि प्राप्त गर्न सक्ने उल्लेख छ ।