१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महालेखापरीक्षकमा तोयम राया सिफारिस

अन्य आयोगमा रिक्त पदमा पदपूर्तिका लागि आवेदन आह्वान गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३१:oo

संवैधानिक परिषद्ले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ । परिषद्को आइतबार बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायालाई सिफारिस गरेको परिषद् सदस्य एवं उपसभामुख इन्दिरा रानाले बताइन् । 

तोयम राया

‘१९ जना प्रतिस्पर्धीमध्ये परिषद्ले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो,’ उपसभामुख रानाले भनिन् । संवैधानिक व्यवस्थाअनुसार परिषद्को सिफारिसमा रायालाई राष्ट्रपतिले नियुक्त गर्नेछन् । ७ जेठमा टंकमणि शर्मा दंगालको ६ वर्षे कार्यकाल सकिएपछि महालेखापरीक्षक पद १० महिनादेखि रिक्त छ । पदपूर्तिका लागि २० साउनमा परिषद् सचिवालयले १५ दिनको समयसीमा दिएर आवेदन माग गरेको थियो ।

१६ जनाको आवेदन परेकोमा परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रायाको नाम आइतबार बैठकमा प्रस्तुत गरेका थिए । पाँचजना सदस्यले समर्थन जनाएपछि राया सर्वसम्मत सिफारिस भएका हुन् । महालेखापरीक्षकको कार्यालयले चैत मसान्तभित्र ६१औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ । कार्यबाहक महालेखापरीक्षकले बुझाउन नमिल्ने भएकाले परिषद्ले समय घर्किन लाग्दा रायालाई नियुक्तिका लागि सिफारिस गरेर गाँठो फुकाएको हो । 

सदस्य रानाका अनुसार बैठकले अन्य आयोगमा रिक्त पदमा पदपूर्तिका लागि आवेदन आह्वान गर्ने निर्णयसमेत गरेको छ । समावेशी आयोगको अध्यक्ष पद रिक्त हुँदै छ । रिक्त हुनु एक महिनाअगावै आवेदन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोगमा पहिलेदेखि नै सदस्य पद रिक्त छ ।

बैठकमा टिआरसीसम्बन्धी एवं आयोगमा नियुक्तिको विषयमा पनि छलफल भएको थियो । यसका लागि संसद्मा अड्किएको टिआरसी विधेयक चाँडो टुंग्याउनुपर्ने साझा मत सदस्यहरूको थियो ।   

ad
ad