Skip This
नेपालको संविधान विश्वकै उत्कृष्ट छ : कांग्रेस सभापति देउवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Friday, 26 July, 2024
२o८o चैत १८ आइतबार २o:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको संविधान विश्वकै उत्कृष्ट छ : कांग्रेस सभापति देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार २o:३९:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन्। 
मंगलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौंमा गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनीतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्‍याउने महिलाको सम्मान कार्यक्रम’मा उनले महिला सशक्तीकरण भए मात्र समानतामूलक समाज निर्माण हुने बताए।

उनले भने, ‘कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीका रूपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु,’ सभापति देउवाले भने, ‘नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मंगलादेवी सिंहले खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ।’

पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्ताबेजका रूपमा रहेको बताए। कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उनले उल्लेख गरे।

कांग्रेस नेता प्रकाशमान सिंहले महिलाको हक अधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मंगलादेवी सिंहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उने भने, ‘महिलालाई आर्थिक सबलीकरण बनाउन स्व. सिंहको योगदान महत्त्वपूर्ण छ। बोलेको कुरा पूरा गर्ने व्यक्ति मंगलादेवी सिंह हुनुहुन्थ्यो।’ 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हक अधिकारको स्थापनाका लागि स्वर्गीय सिंहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। 

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मंगलादेवी सिंह भएको धारणा राखे। नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्राले मंगलादेवीले महिला अधिकारका सवालमा देखेको सपना पूरा गर्न महिला संघ लागिरहेको बताए।

कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्न्यात (दोलखा), कृष्ण अमात्य (काठमाडौं), चिरीहिरा शाक्य रञ्जित (काठमाडौं), सीता दाहाल (संखुवासभा), हनी श्रेष्ठ (सर्लाही), शारदा वैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौं) र शशी रिमाल (काठमाडौं)लाई  जनही १५ हजार रुपैयाँ नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। (रासस)