१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसदको प्रश्न– दुर्गमका जिल्लामा सुनभन्दा नुन ‘महँगो’ कहिलेसम्म ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:o४:oo

सांसद विना लामाले दुर्गम हिमाली जिल्लाहरूमा नुन अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नुन पाउनकै लागि पनि नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने अवस्था रहेको भन्दै असन्तुष्टि जनाइन्।

‘नागरिक सबैको भान्सामा नभई नहुने खाद्य पदार्थ हो नुन। तर, दुर्गम हिमाली भेगका कैयौँ नागरिकको लागि सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?’ सांसद लामाले भनिन्, ‘हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासा आइरहेका छन्। स्थानीय गाउँपालिकामा तीनवटा डिपोहरू छन्। तर, त्यहाँ नुन पाइँदैन । घण्टौँ हिँडेर सदरमुकाम जान्छन् नागरिकता बोकेर। नागरिकताको फोटोकपि बुझाएपछि केही नुन पाइन्छ। कहिलेकाहीँ त्यही पनि पाइँदैन।’

सहज रूपमा नुनसमेत दिन नसकेको भन्दै उनले वर्तमा सरकार र व्यवस्था नागरिकको अवस्था परिवर्तन गर्न असमर्थ रहेको दाबी गरिन्।

ad
ad