Skip This
श्रीमान्–श्रीमतीमाथि कुटपिट गरी डकैती गर्ने तीनजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 27 July, 2024
दीपक भट्ट रामेछाप
२o८o चैत १५ बिहीबार १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमान्–श्रीमतीमाथि कुटपिट गरी डकैती गर्ने तीनजना पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १५:३६:oo

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ४ स्थित पासेवन ओख्रेनीका ८८ वर्षीय हर्कबहादुर नगरकोटीको घर तोडफोड गरी डकैती गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका– ४ बस्ने ३४ वर्षीय रोहितबहादुर थापामगर, वडा नम्बर २ दोरम्बाका २२ वर्षीय तेजबहादुर थापामगर र मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ५ का ४० वर्षीय खेम राई रहेका छन्।

उनीहरूले मगंलबार राति १२ः३० बजेको समयमा नगरकोटीको घरको मूलढोका फोडी नगरकोटीदम्पतीलाई कुटपिट गरी घरमा भएको १५ हजार नगद र दुई तोलाको सुनको गरगहना चोरी फरार भएका थिए।

घटनापछि तत्कालै नगरकोटीले छिमेकीको सहयोगमा इलाका प्रहरी कार्यालय टोकरपुरमा खबर गरेका थिए। चोरीमा संलग्नहरू दोलखाको मागापौवा भन्ने स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तीनैजनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए।