मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १५ बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेतृ राणाको सफल शल्यक्रिया 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १५:१७:oo

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ। 

चिकित्सकहरूको सल्लाहअनुसार उनको नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी गराए।

विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँदिल्लीस्थित सो अस्पतालमा उनी फलोअप उपचार गराउँदै आएकी थिइन्। सांसद डा. राणा चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको सो विज्ञप्तिमा जनाइएको छ। 

हाल डा. राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरूले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने जनाएका छन्।