Skip This
दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १३ मंगलबार २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्चले भन्यो, ‘इजाजतप्राप्त हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्य प्रचलित कानुनले कसुर कायम गरेको ठहर्दैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार २o:२८:oo

सर्वोच्च अदालतपरिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले मंगलबार सर्वोच्च अदालतपरिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईंका दुई अंगरक्षकलाई रिहा गर्न आदेश दिएको हो।

प्रसाईंका अंगरक्षकद्वय रामकुमार धिमाल र दीपक खड्का ५ चैतमा अत्याधुनिक हतियार र त्यसमा लाग्ने एक सय राउन्ड गोलीसहित अदालतपरिसरबाट पक्राउ परेका थिए। लगत्तै, उनीहरूले इजाजत प्राप्त हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै बन्दी प्रत्यक्षदर्शीको रिट दायर गरेका थिए। 

त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले इजाजत प्राप्त हतियार इजाजतपत्रको सर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम, कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ।’