१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : रासस ।
२o८१ जेठ २ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लब इटहरी गोल्डकपको अन्तिम चारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५१:oo

त्रिभुवन आर्मी क्लब इटहरीमा जारी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वार्टरफाइनलमा बिर्तामोड युनाइटेड झापालाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै आर्मी क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रंगशालामा भएको खेलमा  एक–एक गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरमा भएको हो । 

पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईं र देवेन्द्र तामाङको प्रहार विफल हुन पुग्यो ।

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईंले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत नै गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । आजको अन्तिम क्वार्टरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौं र न्युरोड टिम (एनआरटी)बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

ad
ad