कृषि विकास बैंकको धनुषा शाखाले विद्यार्थीलाई वित्तीय साक्षरता दिएको छ । बैंकले ग्लोबल मनी विक २०२४ को अवसर पारेर मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा सहिदनगरको जनता एकता प्राविधिक माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता दिएको हो ।
कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी र सोही विद्यालयका शिक्षक सहभागी रहेको जनाइएको छ । करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा बैंकका उपमहाप्रबन्धक डा. बाबुकाजी थापाले बालबालिकाले वेलैमा बचत गर्ने बानीको विकास, पुँजीको संकलन, रकमको सदुपयोगजस्ता विषयमा ध्यान दिनुपर्ने बताए ।