१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थिरताका लागि ‘त्याग गर्ने’ ओलीको सन्देश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:o६:oo

नयाँ समीकरण निर्माणका लागि मन्त्रालय भागबन्डामा लचकता देखाएका एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कार्यकाललाई लिएर पनि अर्थपूर्ण सन्देश प्रवाह गरेका छन् । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै संसद्को कार्यकालभर सरकारको नेतृत्व गर्न सक्ने सन्देश दिएका छन् । ओलीको यो सन्देशको पछाडिको रणनीतिचाहिँ स्पष्ट छैन ।

नयाँ समीकरण निर्माणसँगै प्रचण्ड, ओली र माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका वेला गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीमा आलोपालो सहमतिको चर्चालाई खण्डन गरेका छन् । ‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ । तर, राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन,’ ओलीले भनेका छन्, ‘नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ ।’ 

उनले देशलाई स्थिरताको दिशामा अगाडि बढाउन नयाँ समीकरण बनेको दोहोर्‍याएका छन् । ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ– तपाईंको पालो कहिले, उहाँको पालो कहिले ? हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ । राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन,’ ओलीले भनेका छन् । 

ad
ad