पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताएका छन्।
करिब एक महिनाअगाडि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले सूचना संकलनका लागि प्रहरी युनिट परिचालन रहेको बताएका हुन्।
बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा प्रहरी उपरीक्षक ढुंगेलले नेपालको संविधान, कानुनअनुसार नै प्रहरीले गर्ने कामकारबाही गर्ने भएकाले सोहीअनुसार अगाडि बढ्ने बताए।
प्रहरीको ऐन–कानुनमा उल्लेख भएअनुसार प्रहरीले गर्नुपर्ने कामकारबाहीबाहेक खासै योजना नरहेको उनले बताए।
साथै उनले प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाहीबारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने बताए।
प्रहरी उपरीक्षक ढुंगेलले जिल्लामा शान्ति, आपराधिक गतिविधिजस्तामा पत्रकारहरूकाे सहयोग आवश्यक रहेकोे बताए। उनले गत ९ फागुनमा पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।