१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई छविलालको प्रश्न- हमासको कब्जामा रहेका विपिन जोशीको अवस्था के छ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाजाको विद्रोही समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारले पहल गरिरहेको बताएका छन्। 

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले मध्यस्थकर्ता देशहरूमार्फत रिहाइको लागि संवाद भइरहेको बताएका हुन्। 

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले सोधेका थिए, 'रोजगारीका सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई इजरायली विद्रोही पक्ष हमासले कब्जामा लिई हालसम्म पनि बनाएको छ, हाल उनको अवस्था के छ?'

जवाफमा दाहालले भने, 'इजरायलमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले निरन्तर प्रयास गरिरहेको र सरकारले मध्यस्थकर्ता देशमार्फतसमेत निजको रिहाइका लागि संवाद गरिरहेको छ।'

ad
ad