Skip This
आन्तरिक पर्यटनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o चैत ६ मंगलबार १५:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्तरिक पर्यटनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार १५:३o:oo

आन्तरिक पर्या–पर्यटनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ। निकुञ्जमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव भएको हो। 

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले यस वर्ष पनि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरेको छ। भीमदत्तनगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगत वर्षको निरन्तरता गर्दै यस वर्ष पनि महोत्सव सुरु भएको बताए। 

उनका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको रानीताल सरसफाइ गरेर पर्यटन महोत्सव सुरुवात गरिएको छ। दोस्रो दिन बुधबार पश्चिम सीमानाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, तेस्रो दिन मैत्रीपूर्ण फुटबल सञ्चालन हुनेछ। 

महोत्सव उद्घाटन कार्यक्रममा सरोकारवालाले शुक्लाफाँटा निकुञ्जलाई पर्यटकीय हब बनाउनुपर्नेमा जोड दिएका छन्। पर्यटन महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आर्थिक समृद्धिका लागि शुक्लाफाँटा निकुञ्जमा पर्यटन भित्र्याउनुपर्नेमा जोड दिए। 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिसस प्रमुख बोहराले कञ्चनपुरको शुक्लाफाँटा प्रचुर सम्भावना बोकेको गन्तव्य भएकाले सरोकारवालाले पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

भीमदत्त नगरका मेयर पदम बोगटीले नगरपालिकाले पर्यटन वृद्धि विकासका लागि महोत्सवलाई निरन्तरता दिँदै आगामी वर्षमा थप पुरस्कृत बनाउने बताए।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जैविक विविधताले भरिभराउ निकुञ्जमा जंगल सफारीदेखिका थुप्रै सम्भावना भएकाले सरोकारवाला पर्यटन प्रवर्द्धनका लागि अग्रसरमा जोड दिए। 

उनका अनुसार यसबीचमा सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेश शुल्कमा ५० प्रतिशत छुट गरिनेछ। कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले कञ्चनपुरलाई बाह्रसिंगेकै सहरको रूपमा विकसित गराउनुपर्नेमा जोड दिए। 

नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंहले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने बताए। 

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्यसचिव मनोजप्रसाद भट्टले कञ्चनपुरकै पर्यटन प्रवर्द्धनका लागि मेला सञ्चालन गर्न लागेको बताए। उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्या–पर्यटनका लागि महोत्सव गर्दै आएको छ।