१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश सुनार काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रमेश कर्पका संस्थापकको जन्मजयन्तीमा वृक्षारोपण

Read Time : < 1 मिनेट
रमेश सुनार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५६:oo

 रमेश कर्पका संस्थापक स्व. रमेश गुप्ताको जन्मजयन्तीको अवसर पारेर वृक्षारोपण गरेको छ । कम्पनीले स्व. गुप्ताको स्मृति र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । 

हरेक वर्षझैँ संस्थापक दिवस स्व. गुप्ताको मूल्य–मान्यतालाई स्मरण गर्दै, तिनै आधारभूत विश्वासलाई प्रतिबिम्बित गर्ने गरी आफ्नो संस्थालाई सम्पदाजस्तो गरी विकास गर्ने सोचको सम्झना गर्दै यस दिनलाई वार्षिक अवसरका रूपमा सामाजिक सेवा गरेर मनाउने गरिएको कम्पनीले जनाएको छ । 

यस वर्ष चौथो स्थापना दिवस पारेर काठमाडौंको जगडोलमा वृक्षारोपण गरेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम रमेश कर्पका निष्ठा, अभियन्ता, साहस, गति, विश्वसनीयता र व्यावसायिकताजस्ता ६ आधारभूत मूल्यहरूलाई केन्द्रित गर्दै मनाइएको कम्पनीको भनाइ छ । 

कार्यक्रमका क्रममा कम्पनीसँग लामो समयसम्म संलग्न भएका सबै कर्मचारीलाई उनीहरूको समर्पण र कार्यसम्पादनका लागि सम्मान गरिएको जनाइएको छ । उनीहरूले कम्पनीको मूल सिद्धान्तलाई समर्थन गर्ने संस्कृतिलाई मन्यता दिएको कम्पनीको भनाइ छ । 

ad
ad