मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ६ मंगलबार
  • Monday, 16 December, 2024
एमाले मधेश संसदीय दलका नेता सरोज यादव भौतिक तथा पूर्वाधारमन्त्री बनेपछि सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिँदै ।
नयाँ पत्रिका जनकपुरधाम
२o८o चैत ६ मंगलबार o९:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेश सरकारबाट कांग्रेस बाहिरियो, एमाले भित्रियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o चैत ६ मंगलबार o९:५८:oo

एमाले मधेश सरकारमा सहभागी भएको छ । एमाले मधेश संसदीय दलका नेता सरोज यादव भौतिक तथा पूर्वाधारमन्त्री बनेका हुन् । उनले सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिए ।केन्द्रमा एमाले–माओवादीसहित पाँचदलीय नयाँ समीकरण बने पनि मधेश सरकारबाट कांग्रेस बाहिरिएको छैन । कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरूलाई पदमुक्त गरी एमालेलाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

एमालेबाट यादवसँगै राजकुमार लेखी गृह, सञ्चार तथा कानुनमन्त्री, शारदा थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री र शत्रुघ्नप्रसाद सिंहले शिक्षा तथा संस्कृतिमन्त्रीको रूपमा शपथ लिने तय थियो । तर, एमालेभित्र को मन्त्री बन्ने भन्नेमा विवाद बढेपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको हो । मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीलाई हटाए पनि लोसपाका मन्त्रीलाई सरकारमै राखेका छन् । केन्द्रको समीकरणअनुसार लोसपा कांग्रेस गठबन्धनमा छ । तर मधेशमा भने लोसपा जसपा नेतृत्वकै सरकारमा छ । 

कांग्रेसले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थनबारे केही निर्णय गरिसकेको छैन । अब मधेशमा कांग्रेस र जनमत पार्टी मात्रै विपक्षमा छन् । कांग्रेसले दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अहिले मुख्यमन्त्री यादवलाई एमालेको २४, जसपाको  १९, माओवादी र लोसवाको नौ–नौ, एकीकृत समाजवादीको सात तथा नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको एक–एक सांसदको समर्थन छ ।

 गण्डकीमा अल्पमतको सरकार जोगाउन दीपक मनाङेलाई मन्त्री
 गण्डकीमा अल्पमतको सरकार जोगाउन दीपक मनाङेलाई मन्त्री  बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । ०७९ को निर्वाचनमा मनाङ १ (ख)बाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । उनी २० मंसिर ०७९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए ।