१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाले नेपालमा गरेको ‘द लार्जेस्ट मोमो पार्टी’ले बनायो गिनिज वर्ल्ड रेकर्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२९:oo

कोकाकोलाले नेपालमा आयोजना गरेको कार्यक्रमले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छ । कम्पनीले आयोजना गरेको ‘द लार्जेस्ट मोमो पार्टी’ले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो ।  

‘काठमाडौं  इज कुकिङ’को दोस्रो संस्करणको एउटा भागका रूपमा काठमाडौंको हायात रेजेन्सी ग्राउन्डमा आयोजना गरिएको ‘द लार्जेस्ट मोमो पार्टी’ले नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोकाकोलाले इतिहास रचेको कम्पनीले जनाएको छ । कार्यक्रममा पाँच सयभन्दा बढी उत्साही सहभागीलाई दुई सय ५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको कोकाकोलाले जनाएको छ । लगभग १५ मिनेट चलेको कार्यक्रममा सहभागीहरूले कोकाकोलासँगै मोमोको स्वाद लिएको जनाइएको छ । 

कार्यक्रमपछि कोकाकोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कोकाकोला र मोमो नेपालीलाई साँच्चै नै मन पर्छ भन्ने वास्तविकताकाको साक्षी यो उपलब्धि बनेको वताइन् । उनले भनिन्, ‘परिकारहरूको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौँ ।’

कोकाकोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात् गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको जनाएको छ । नेपालमा कोक र मोमोबीचको सम्बन्ध खानाको प्राथमिकताभन्दा बाहिर फैलिएको र यो नेपाली समाजमा गहिरो रूपमा निहित संस्कृतिको रूपमा विकसित भएको कम्पनीको दाबी छ । 

नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा गिनिज वल्र्ड रेकर्ड उपाधिले कोकाकोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको कम्पनीको भनाइ छ । साथै, नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

ad
ad