Skip This
मुगुमा भूमिहीनको लगत संकलनमा ढिलाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o चैत २ शुक्रबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा भूमिहीनको लगत संकलनमा ढिलाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार १२:३८:oo

मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ। जिल्लाका चार स्थानीय तहले चासो नदिँदा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलनमा ढिलाइ भएको हो।

राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन प्रगति विवरणका विषयमा  आयोजित पत्रकार सम्मलेनमा बोल्दै आयोगको जिल्ला समिति मुगुका अध्यक्ष लालचन्द्र विकले स्थानीय तहले चासो नदिँदा ढिलाइ भएको बताए।

दुई वर्ष पुगे पनि भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलन कार्य पूरा हुन सकेको छैन। हालसम्म भूमिहीनको यकिन तथ्यांक अझै नआएको अध्यक्ष विकले बताए।

भूमिहीनको लगत संकलनका लागि पहिलोपटक २०७९ भदौ २९ गते ३५ दिने  सूचना प्रकाशित गरिएको थियो। त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीय तहले भूमिहीनको लगत संकलन नगरेपछि दोस्रो सूचना २०८० फागुन १ गते पुनः ३५ दिने सूचना प्रकाशित गरेपछि छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ गाउँपालिकाले मात्रै लगत संकल गरेर राष्ट्रिय जिल्ला भूमि आयोग समितिमा पठाएका छन्।

यद्यपि, सोरु गाउँपालिकाले अझै लगत संकलन गरेर पठाएको छैन। हालसम्म छायाँनाथ रारा नगरपालिकाले चार सय १७, खत्याड गाउँपालिकाले सात सय ५७ र मुगुम कामारोङ गाउँपालिकाले तीन सय ४० भूमिहीनको एकमुस्ट लगत संकलन गरेर पठाएका छन्। सोरु गाउँपालिकाले समय समाप्त हुनै लाग्दासमेत लगत संकलन गरेर पठाएको छैन।

भूमिहीनको लगत संकलनका लागि दोस्रोपटक प्रकाशित सूचनाको अवधि चैत ५ गते सकिँदै छ। समय सीमाभित्र पनि सोरु गाउँपालिकाबाट भूमिहीनको लगत नआए अन्य प्रक्रियामा जाने राष्ट्रिय भूमि आयोग मुगुले जनाएको छ।