१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्तरोन्नतिका लागि कान्तिलोकपथ ४५ दिन बन्द

सडक चौडा र स्तरोन्नति गर्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४९:oo

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठामाडौंसँग जोड्ने कान्तिलोकपथ आजदेखि ४५ दिनका लागि बन्द हुने भएको छ। 

ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्नुपर्ने भएपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ४५ दिन बन्द हुने भएको हो।

मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तिनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो पुग्ने कान्तिराजपथ आज चैत् १ गतेदेखि वैशाख १५ गतेसम्म ४५ दिन बन्द हुने कान्ति लोकपथ सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए।

उनका अनुसार ललितपुरको काल्चे खण्डको १.५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्नुपर्ने भएकाले कान्तिलोकपथ बन्द गर्नुपर्ने भएको हो। यस सडकखण्डमा सडकमाथिका कडा चट्टान कटिङ गरेर सडक चौडा गर्ने र सडक स्तरोन्नतिसमेत गरिने भएकाले ४५ दिन लाग्ने अनुमान गरिएको इन्जिनियर महर्जनले बताए।

विक्रम संवत २०१३ सालमा शिलान्यास गरिएको राजधानी काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको इन्जिनियर महर्जनले जानकारी दिए। यो सडकखण्ड मकवानपुरको हेटौँडास्थित बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो छ।

सडक चौडा र स्तरोन्नतिको समयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवतजावतमा रोक लगाइएको भए पनि एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गरिने इन्जिनियर महर्जनले जानकारी दिए।

ad
ad