१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

मधेश विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२४:oo

मधेशी समाजमा दाइजोको समस्या किन विकराल देखिएको होला ?
दाइजो आशीर्वाद र मंगल कामनाको परिधिभित्र रहँदासम्म स्वीकार्य हुन्छ  । मधेशमा विवाहिता छोरीचेली माइत आएर फर्किंदा उसको सारीको आँचलमा ‘खोइछा’ राखिदिने परम्परा अझै विद्यमान छ । यस्तो खोइछामा धान, हल्दी, दुबो, थोरै द्रव्य, जिरा आदि हुने गर्छन् । टोलछिमेकका विवाहिता छोरीचेली आफ्नो आँगनमा टेक्न आएमा छिमेकीले पनि यस्तो खोइछा दिने सामाजिक प्रचलन छ । यति पवित्र सामाजिक परम्परालाई विकृत तुल्याएर जब बिहेजस्तो पवित्र सम्बन्ध गाँसिँदै गर्दा लेनदेनका सर्तहरू तेस्र्याइन्छन्, तब त्यो आलोचनाको विषय बन्नुपर्छ । 

पढेलेखेका र हुनेखाने वर्गमा दाइजोको मोह झन्झन् बढ्दै गएको हो कि जस्तो देखिन्छ नि ?
पहिले पहिले सीमित जात या वर्गमा मात्र देखिने यो प्रथा अहिले शिक्षित र सम्पन्न वर्गमा पनि व्यापक हुँदै गएको देखिन्छ । अहिले डाक्टर, इन्जिनियर, सरकारी स्थायी जागिरे, शिक्षक आदिको अघोषित रूपमै बजार मूल्य तोक्ने गरेको देखिन्छ । नगद, सुनका गरगहना, सवारी साधन, फर्निचर आदिको सर्त राखेर बेहुली पक्षलाई यातना दिने, बुहारीलाई जलाउने जस्ता आपराधिक प्रवृत्तिसमेत बढेको पनि देखिन्छ ।  

दाइजोलाई शून्यमा झार्न या न्यूनीकरण गर्न सकिन्न ?
पछिल्ला दिनमा दाइजो नलिनेगरी आदर्श विवाह गर्ने क्रम पनि बढेको छ मधेशमा । यसले केही आशा जगाएको छ । यसका साथै सर्त राखेर दाइजो माग गर्ने व्यक्ति र परिवारजनप्रति सामाजिक बहिष्कार गर्ने, कानुनी दबाब बढाउने, कानुनअनुसार अधिकतम सजाय दिलाउने, दाइजोसम्बन्धी उजुरीलाई तत्कालै कार्यान्वयन गर्नेलगायत कार्यले पनि यसमा कमी ल्याउन सक्छ ।  

ad
ad