१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको पत्र

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:५१:oo

राष्ट्रिय खेलकुद ऐनविपरीत नेपाली राष्ट्रिय पुरुष टोलीलाई मलेसियामा मैत्रीपूर्ण खेल खेल्न पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र काटेको छ। 

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरीत भ्रमणमा पुगेको भन्दै एन्फालाई कारबाही गर्न पत्र काटेको मन्त्रालयका प्रवक्ता शिव रेग्मीले नयाँ पत्रिकालाई बताए। 

‘एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्वीकृति नलिई दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो। त्यसैले कारबाहीका लागि पत्र काटेका छौँ,’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिव रेग्मीले बताए। 

मलेसियाविरुद्ध शुक्रबार मैत्रीपूर्ण खेल हुँदै छ। त्यसपछि बहराइनसँग दुई खेल खेल्नेछ । त्यसका लागि २३  खेलाडीसँगै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक), दीपक खतिवडा, महेन्द्र क्षेत्री, इन्द्रमान तुलाधर,  जिल्ला सदस्यहरू भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ छन्। 

नेपाली टोली 

गोलरक्षकः किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार

रक्षकः अभिषेक लिम्बू, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ
मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई
स्ट्राइकरः अन्जन विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, जिलेस्पीजंग कार्की

ad
ad