१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री शर्माले भने- ‘मलाई आश्चर्य लाग्छ, प्रधानमन्त्रीले वर्षमा तीनपटक विश्वासको मत पाउनुहुन्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:o७:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा विश्वासको खडेरी परेका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने पटकपटक विश्वास पाउने गरेको भन्दै आश्चर्य प्रकट गरेका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै शर्माले सबैतिर विश्वासको खडेरी परेको, तर प्रधानमन्त्रीले भने पटकपटक त्यही माग्ने र पाउने गरेको बताए । 

उनले भने, ‘हाम्रो देशमा सबैभन्दा संकटमा केही छ भने त्यो विश्वास हो । प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्वमाथिको विश्वास पनि संकटमा परेको छ । विश्वासको यस्तो महाखडेरी परेका वेला प्रधानमन्त्री विश्वासको मत माग्न उभिनुभएको छ । मलाई अचम्म लाग्छ, विश्वासको यस्तो खडेरी परेका वेला पनि उहाँले एक वर्षमा तीनपटकसम्म विश्वासको मत पाउने गर्नुभएको छ ।’ 

ad
ad