१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दाइजोमा सुनको सिक्री नपाउँदा विवाह गर्न अस्वीकार, बेहुला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:o५:oo

दाइजोमा सुनको सिक्री नपाउँदा विवाह गर्न अस्वीकार गरेपछि बेहुला पक्राउ परेका छन्। दाइजोमा तय भएको सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेर बेहुला मण्डपबाटै उठेपछि पक्राउ परेका हुन्।

बेहुला बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोकका उमेश साहसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो।

पर्साको वीरगन्ज महानगरपालिकामा २४ वर्षीया युवतीसँग सोमबार राति साहको बिहे तय भएको थियो। वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद भएको थियो।

बेहुला पक्षले जन्ती फर्काएपछि बेहुलासहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेहुला पक्षका केहीलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए। बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्।

१२ लाख रुपैयाँ, मोटरसाइकलबापत तीन लाख २५ हजार रुपैयाँ, एक थान ल्यापटप तथा एक–एक थान सुनको औँठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा विवाह तय भएको बताइएको छ। ती सबै सामान बिहेअघि नै दिइसकेको बेहुली पक्षले बताएको छ।

ad
ad