१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनमत पार्टी सरकारमा सहभागी नहुने, उपनिर्वाचनमा उम्मेदवारी दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:४८:oo

जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं. १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

सो पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

उनका अनुसार पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनुका साथै नयाँ बनेको सत्तागठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा ०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। 

ad
ad