१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभामा एमाले सत्तापक्ष कि प्रतिपक्ष ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo

बागमती प्रदेश सभाको चालू अधिवेशनको चौथो बैठक मंगलबार अपराह्न ३ बजे बस्दै छ। १७ फागुनमा बसेको प्रदेश सभा बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदन पेस गर्ने गरी मंगलबारको बैठक बस्न लागेको हो । 

१७ फागुनमा प्रदेश सभाको बैठक बस्दा सरकारमा रहेको कांग्रेस अहिले सरकारबाट बाहिरिएको छ । नयाँ गठबन्धनमा रहेको एमाले सत्तापक्ष दल बनेको छ, तर अझै प्रतिपक्षमा छ । नयाँ समीकरणअनुसार एमाले प्रदेश सरकारमा सहभागी भएको पनि छैन । यस्तो अवस्थामा भोलि बस्ने प्रदेश सभा बैठकमा एमालेको स्थान सत्तापक्ष कि प्रतिपक्ष भन्ने अन्योल देखिएको छ । 
एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले एमाले बागमती प्रदेश सभामा अझै  पनि प्रतिपक्षी भएको दाबी गदै मंगलबारका प्रदेश सभा बैठकमा प्रतिपक्षी बेन्चमा बस्ने बताए । उनले नयाँ सत्तासमीकरणका आधारमा सत्तापक्ष देखिए पनि बागमती प्रदेशमा प्रतिपक्षमै रहेको दाबी गरे ।

‘नयाँ सत्तासमीकरणअनुसार एमाले सत्तापक्ष दल हो। तर, बागमतीमा एमाले वर्तमान सरकारबाट बाहिर छ र यो सरकार एमालेको समर्थनमा बनेको पनि होइन । त्यसकारण हामी मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्षको बेन्चमा बस्छौँ,’ उनले स्पष्ट पारे ।

यता कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले पनि कांग्रेस प्रतिपक्षमा बस्ने जानकारी दिए। उनले कांग्रेस सरकारबाट बाहिरिसकेको र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकाले मंगलबारको बैठकमा प्रतिपक्षमा बस्ने बताए । उनले नयाँ परिस्थितिअनुसार कांग्रेस प्रतिपक्ष भएकाले आफूहरू प्रतिपक्ष बेन्चमै बस्ने स्पष्ट पारे ।

‘नयाँ गठबन्धनअनुसार एमाले सत्तापक्ष भए पनि बागमतीमा एमाले अझै पनि प्रतिपक्षमै होला, तर उसको व्यवस्थापनको जिम्मेवारी प्रदेशका सभामुखको हो । कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै प्रतिपक्ष भइसकेको छ । त्यसैले हामी मंगलबारको बैठकमा प्रतिपक्ष बेन्चमा बस्छौँ,’ उनले भने ।

प्रदेश सभामा एमालेका सांसदहरूको व्यवस्थापनको जिम्मेवारी प्रदेश सभाका सभामुख र प्रदेश सभा सचिवालयको भएको उनको भनाइ छ । बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले भने प्रदेश सभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले दलहरूको बारेमा निर्णय गर्ने बताए। उनले नयाँ गठबन्धनमा रहेको एमाले बामगती प्रदेश सभामा अझै पनि प्रतिपक्षमै रहेको र कांग्रेस पनि प्रतिपक्षको लाइनमा गइसकेकाले परामर्श समितिको बैठकले उचित निर्णय लिने स्पष्ट पारे । 

‘कानुनी रूपमा एमाले अझै पनि बागमती प्रदेशमा प्रतिपक्षमै छ । कांग्रेसले पनि सरकार र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसको विषयमा प्रदेश प्रमुख र संसद् सचिवालयलाई जानकारी भइसकेको छ । यस्तो अवस्थामा कुन दल कहाँ बस्ने भन्ने कुरा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउँछ,’ सचिव खड्काले भने । उनले माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तापक्ष बेन्चमा बस्दा एमाले र कांग्रेस प्रतिपक्ष बेन्चमा बस्न सक्ने पनि बताए ।

ad
ad