१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख २० बिहीबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनलगायतको भन्सार निरीक्षण हाम्रो कार्यक्षेत्र होइन : नागरिक उड्डयन कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:३२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सुनलगायतको भन्सार निरीक्षण र नियन्त्रण आफ्नो कार्यक्षेत्र नभएको जनाएको छ।

विमानस्थलभित्र रहेका विभिन्न निकायबीचको समन्वयबारे विभिन्न सञ्चारमाध्यममा पूर्वाग्रही रूपमा तथ्यहीन सूचना सम्प्रेषण भएको भन्दै कार्यालयले आफ्नो कार्यक्षेत्र विमानस्थलको पूर्वाधार सुधार रहेको प्रस्टीकरण दिएको हो।

‘हामीले भन्दै आएका छौँ कि सुनलगायत भन्सार निरीक्षण र नियन्त्रण विमानस्थल नागरिक उड्डयन कार्यालयको कार्यक्षेत्र होइन। यस कार्यालयले हेर्ने भनेको विमानस्थलको पूर्वाधार सुधार हो,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अध्यागमन र भन्सार कार्यालय आ–आफ्नै ऐन कानुनअनुसार निर्देशत भई सञ्चालनरत रहेका भन्दै कार्यालयले अन्य मन्त्रालयअन्तर्गतका निकायहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ।

‘सहसचिवस्तरकै प्रमुख रहने अध्यागमन र भन्सार कार्यालय आ–आफ्नै ऐन कानुनअनुसार निर्देशत भई सञ्चालनरत छन्। विमानस्थल प्रमुखको चेन–अफ–कमान्डभित्र नपर्ने अन्य मन्त्रालयअन्तर्गतका निकायहरूसँग यस कार्यालयले सेवा प्रवाहका सम्बन्धमा विगतदेखि नै समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विशेष अवस्थामा बाहेक विमानहरूको एयर होल्डिङसमेत घटेको कार्यालयको दाबी छ।

ad
ad