Skip This
यू–१३ फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २८ सोमबार १o:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१३ फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार १o:४५:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकेडेमी सञ्चालनका लागि यू–१३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ । एन्फाले विज्ञापनमार्फत आइतबार ०८१ वैशाखदेखि एन्फा टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालन गर्न लागेको जनाएको छ । एन्फा एकेडेमी सञ्चालन गर्न यू–१३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो । एकेडेमीमा यू–१३ छात्र र छात्रा खेलाडी छनोट हुनेछन् । यसका लागि एन्फाले ४८ जिल्ला फुटबल संघ र सात प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको जनाएको छ । 

फुटबल खेलको विकास र विस्तार गर्न युवा विकास परियोजनाअन्तर्गत एन्फाले एकेडेमी सञ्चालन गरेको थियो । तर, पछिल्लो समय एन्फाले एकेडेमीलाई निरन्तरता दिन सकेको थिएन । एन्फाले जिल्ला फुटबल संघहरूमा १५ देखि २२ चैतसम्म जिल्लास्तरको छनोट गर्न भनिएको छ । प्रदेश फुटबल संघले २४ देखि ३० चैतसम्म दोस्रो चरणको प्रादेशिक छनोट गर्नेछ । त्यसपछि एन्फाले ०८१ वैशाख ३ देखि १० सम्म अन्तिम चरणको छनोट गर्ने एन्फाले जनाएको छ । एकेडेमीका लागि बालक ०६६ पुस १७ देखि ०६८ पुस १६ सम्म जन्मेको हुनुपर्नेछ । बालिकाको हक ०६७ पुस १७ देखि २०६९ पुस १६ सम्मको जन्ममिति हुनुपर्ने एन्फाले भनेको छ ।  

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनसँग दुई खेल खेल्नुअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल २ चैतमा मलेसियामा हुनेछ । नेपाली टोली १३ मार्चमा मलेसिया जानेछ ।