१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २८ सोमबार o८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड क्याबिनेटले पायो पूर्णता

चारजना उपप्रधानमन्त्री, मन्त्रिपरिषद् २२ सदस्यीय, अझै तीन राज्यमन्त्री थप गर्न सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार o८:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चारजना उपप्रधानमन्त्री भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यमन्त्रीको शपथ लिएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको हो । 
गत बुधबार एमाले सचिव रघुवीर महासेठ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उपप्रधानमन्त्रीको वरीयताक्रममा महासेठ, श्रेष्ठ, लामिछाने र यादव क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथोमा छन् । महासेठले भौतिक पूर्वाधार तथा यातायात, श्रेष्ठले परराष्ट्र, लामिछानेले गृह मन्त्रालय सम्हालेका छन् । यसअघि कांग्रेससहितको गठबन्धन सरकारमा दुईजना मात्रै उपप्रधानमन्त्री थिए ।

जसपाका नवलकिशोर साहले पनि आइतबार नै पथ तथा गोपनीयताको शपथ लिएका छन् । साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नयाँ समीकरण बनेपछि प्रचण्डले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सुरुमा एमाले, माओवादी र रास्वपाबाट एक–एकजनाले विनाविभागीय मन्त्रीको शपथ खाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले अझै तीनजना राज्यमन्त्री थप्न पाउनेछन् । मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने संवैधानिक व्यवस्था छ । हाल २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सहभागी छन् । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र जसपाका १२ सांसद छन् । सत्तागठबन्धनसँग एक सय ५३ सांसद छन् । बहुमतका लागि एक सय ३८ सांसद चाहिन्छ ।

यादव चौथोपटक उपप्रधानमन्त्री 
यादव चौथोपटक उपप्रधानमन्त्री भएका छन् । यादवको सत्तायात्रा ०६५ बाट सुरु भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी पहिलोपटक उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । यादव ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री तथा परराष्ट्र नै भए । ०७५ मा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । ओलीले ०७६ मा मन्त्रिपरिषद् पुनर्गठन गरेर यादवलाई उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनाएका थिए । ०८० मा प्रचण्ड नेतृत्वको सरकारमा उनी फेरि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भएका छन् । 


 

ad
ad
ad
ad