१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई बन्दुकसहित तनहुँमा सातजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४९:oo

दुईवटा बन्दुकसहित तनहुँमा सातजना पक्राउ परेका छन्। शुक्लागण्डकी नगरपालिका– ११ हटिया भुस्नापुरस्थित परारे भिर जंगलमा सरिफकुमार चन्दलाई पक्राउ गरी अनुसन्धान गर्दा अरू पनि पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीले चन्दसहित शुक्लागण्डकी नगरपालिका– ११ भुस्नापुरका युवराज राना, लक्ष्मण शाही, केवलबहादुर चन्द र दुर्गावीरजंग ठकुरीलाई दुईनाले बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो। 

थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने कुलबहादुर शाहीको घरबाट अर्को बन्दुक फेला परेको र कुलबहादुरसहित यामबहादुर शाहीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

उनीहरूमाथि हातहतियार तथा खरखजना मुद्दामा कारबाही अघि बढेको तनहुँका एसपी अपिलराज बोहराले बताए ।

ad
ad