१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सेनाले मनायो २६१औँ स्थापना दिवस : टुँडिखेलमा विशेष समारोह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२९:oo

नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच सेनाको स्थापना दिवस आयोजना भएको हो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो । 

कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुति गरिएको थियो । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाई सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८० विमोचन गरे । 

राष्ट्रपतिले सेना दिवसका अवसरमा दिएको सन्देशमा राष्ट्र र जनताको हितमा निरन्तर सक्रिय हुन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रक्षामन्त्री हरि उप्रेतीले पनि सन्देश दिएर सेनालाई शुभकामना दिएका छन् ।

टुंडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः अमल्दार टंकबहादुर डाँगी र सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गरे । यस्तै, सांगीतिक प्रस्तुति दिने भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीका प्रमुखहरूलाई पनि उनले उपहार प्रदान गरे । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए । 

ad
ad