१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारलाई हरतरहले सहयोग गर्ने एमाले सचिवालय बैठकको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:३४:oo

नेकपा एमालेले सत्तासमीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिएको छ। 

नेकपा एमालेको आजको सचिवालय बैठकले पछिल्लो सत्तासमीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी महासचिव श‌ंकर पोखरेलले भने, ‘मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउन एमालेका तर्फबाट सकारात्मक योगदान पुग्ने ठानेका छौँ, जनताको निराशालाई आशामा परिणत गर्न हरतरहले सरकारलाई सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।’ 

महासचिव पोखरेलले एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत  समाजवादीलगायत पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको भन्दै नयाँ सत्तासमीकरणलाई  साथ र सहयोग गर्न अन्य दललाई अनुरोध गरिएको बताए। 

‘देशमा उत्पन्न निराशालाई चिर्ने र देशभित्रै केही गर्न सकिन्छ भन्ने सकारात्मक भावना विकास गर्ने प्रयास सरकारका तर्फबाट अगाडि बढ्नेछ,’ उनले भने, ‘मुलुकको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका निम्ति सहकार्य फलदायी हुने विश्वास बैठकले गरेको छ।’

बैठकले पार्टी स्थापनाको ७५औँ वार्षिकोत्सवका दिन वैशाख १० गते विशेष समारोह र वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिए। 

ad
ad