१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्ज सदभावले लिए एक स्ट्रोकको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१२:oo

एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३÷२४ अन्तर्गतको पाँचौँ सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन मंगलबार एक स्ट्रोकको अग्रता लिएका छन् । साबिक विजेतासमेत रहेका आचार्यले शीर्षमा रहन तीन अन्डर एक सय ३३ स्कोर गरेका थिए । उनले प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पारेका छन् । धन समग्रमा २–अन्डर १ सय ३४ स्कोरका साथ दोस्रो स्थानमा उक्लिएका छन् । पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनमा शीर्ष स्थानमा रहेका रामे मगरले समग्रमा १ अन्डर ३५ स्कोरको नतिजामा संयुक्त रूपमा तेस्रो स्थानमा छन् । रविले दोस्रो दिन २ अन्डर ६६ र रामेले २ ओभर ७० स्कोर गरेका थिए । 

२ अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन पार १ सय ३६ का साथ पाँचौँ स्थानमा रहेका छन् । छैटौँ स्थानमा रहेका जयराम श्रेष्ठले समग्रमा २ ओभर १ सय ३८ स्कोर गरेका थिए । भुवन नगरकोटी पनि छैटौँ स्थानमा छन् । उनले ३ ओभर ७१ स्कोर गरे । ३ ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौँ स्थानमा तल झरेका हुन् । एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६ ओभर १ सय ४२ स्कोरसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् । दुवैले ३ ओभर ७१ को स्कोर बनाए । उनीहरू शीर्ष स्थानमा रहेका सदभावभन्दा ९ स्ट्रोकले पछि रहेका छन् ।

३६ होलको समाप्तिपछि १९ ओभर १ सय ५५ सम्म‌ स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजवाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, प्रदीपकुमार लामा, टंक बहादुरकार्की, भुवनकुमार रोक्का, वसन्तराज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलका लागि स्थान सुरक्षित गरे ।

उपाधि रक्षाको कोसिसमा
उपाधि रक्षा गर्ने कोसिसमा रहेका युवा गल्फर सदभावले फ्रन्ट नाइन १ ओभर ३५ स्कोरमा सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरेका उनले पाँचौँ होलमा डबल बोगी र सातौँ होलमा बोगीको सामना गरे । सदभावले ब्याक नाइन भने २ अन्डर ३२ स्कोर गरेका थिए । ५ पारको १०औँ होलमा इगल निकाले सदभावले ११औँ होलमा बर्डी प्रहार गरे ।

उनले १४ औँ होलमा भने एक सट खेर फाले । धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १ अन्डरमा सकाए । उनले १२औँ होलमा बोगी र १३औँ होलको बर्डीले ब्याक नाइनमा इभन पार ३४ को स्कोर निकाले । दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २ अन्डर ३२ मा पूरा गरे । यसपछि १५औँ होलमा एक सट खेर फाल्दा उनले १८औँ होलको बर्डीले ब्याक नाइन इभन पार ३४ मा सकाए । 

ad
ad