१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालुवाटारमा नयाँ गठबन्धनको दोस्रो बैठक, शक्ति बाँडफाँट मुख्य एजेन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२२:oo



प्रधानमन्त्रीनिवास बालुवाटारमा नयाँ सत्तागठबन्धनको दोस्रो बैठक बसिरहेको छ । आजै दोस्रोपटक बसेको बैठकमा शक्ति बाँडफाँट मुख्य एजेन्डा रहेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । यसैगरी, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, वर्षमान पुन, राजेन्द्र श्रेष्ठलगायतका नेता पनि बैठकमा सहभागी छन् । 

बैठकले परिवर्तित नयाँ राजनीतिक परिस्थितिमा शक्ति बाँडफाँटको टुंगो लगाउने र त्यसलाई लिखित सहमति गर्ने बताइएको छ । 

बैठकमा संघ र प्रदेश सरकारहरूको शक्ति बाँडफाँट नै बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले बतायो । 

कांग्रेससँगको सहकार्य तोडेर आजै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्तागठबन्धन बनाएका हुन् । त्यससँगै आज बिहान पनि यी दलबीच छलफल चलेको थियो । 

ad
ad