१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ गठबन्धनको संकेत देखिएको छ : प्रदीप ज्ञवाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१o:oo

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सकिएको छ । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धनमा संकट बढेको देखिएको बताए ।  उनले भने, ‘परिपक्क भएको छैन, तर केही नयाँ घटनाक्रम विकसित हुन सक्ने अवस्था देखिएको छ ।’

प्रधानमन्त्रीले कांग्रेससँगको सहकार्य कठिन हुँदै गएको, विवादित मन्त्रीलाई हटाउन खोज्दा पनि हटाउन नसकिएको र नयाँ ढंगले अगाडि बढ्न खोजेको संकेत गरेको उनले उल्लेख गरे ।  

प्रस्ट कुरा आज दिनभरिमा टुंगो लाग्ने उनको भनाइ छ । गठबन्धन टुटाउन प्रधानमन्त्री तयार हुनुभयो भने नयाँ गठबन्धनबारे छलफल गर्न एमाले तयार भएको उनले बताए । 
 

ad
ad