Skip This
दुई केन्द्रीय सदस्यसहित एकीकृत समाजवादी दैलेखका अधिकांश नेता एमालेमै फर्किए
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Thursday, 23 January, 2025
२o८o फाल्गुण २० आइतबार १९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई केन्द्रीय सदस्यसहित एकीकृत समाजवादी दैलेखका अधिकांश नेता एमालेमै फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १९:o६:oo

नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित अधिकांश नेता तथा कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन्। 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पूर्वसांसद पार्वती बिशंखे, केन्द्रीय सदस्य बरुनाथ योगी, एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य केशरसिंह माझीसहित ९० बढी सक्रिय नेता तथा १ सय १८ बढी कार्यकर्ता एमालेमै फर्किएका हुन्। 

बरुनाथ योगी नेकपा एमालेमा लामो समयदेखि राजनीति गर्दै आएका व्यक्ति हुन्, समग्र दैलेखको पार्टी निर्माणमा योगीको महत्त्वपूर्ण भूमिका छ। 

त्यस्तै, एमालेमै फर्किनेमा प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, वसन्त रेग्मी र बालकृष्ण केसी छन्। केसी दैलेख एमालेका संस्थापक नेताका रूपमा परिचित छन्।

नेकपा एमाले र माले हुँदादेखि नै पार्टी एकीकरणपश्चात् उनको भूमिका महत्त्वपूर्ण छ। जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाही, दुल्लु नगर अध्यक्ष भीमप्रसाद शर्मा, नारायण नगर अध्यक्ष हर्क नेपाली, दुल्लु नगर सचिव महेन्द्रनाथ योगी, युवासंघ केन्द्रीय सचिवालय सदस्य धीरेन्द्र कार्कीलगायतका नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका हुन्। 

एमाले प्रवेश गरेका नेता तथा कार्यकर्तालाई नेकपा एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका छन्। दैलेखको दुल्लुमा गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै लेखराज भट्टले आजको दिन माधवकुमार नेपाल ननिदाउने बताए। 

एमाले फर्कने क्रम बढ्दो अवस्थामा रहेको र अब एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने कुरामा कसैले रोक्न नसक्ने भट्टको भनाइ छ।  

कार्यक्रममा स्थायी कमिटी सदस्य यामलाल कँडेल पोलिटब्युरो सदस्य लक्ष्मी पोख्रेललगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। एमालेका नेताहरूले हिजोभन्दा अझै सशक्त रूपमा नेकपा एमालेको आफ्नो संगठन विस्तार हुँदै गएको बताएका छन्।