१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंकहरूको सेयरमा आकर्षण घट्दै  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३२:oo

१९ वाणिज्य बैंकमध्ये १२ वटाको दुई सयभन्दा कम मूल्यमा कारोबार

पुँजी बजारको क्षेत्रमा सबैभन्दा धेरै सेयर हिस्सा ओगट्नेमा बैंक तथा वित्तीय संस्था रहेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा ५८ दशमलव ६ प्रतिशत रहेको छ । जसमा वाणिज्य बैंकहरूले मात्रै २७ दशमलव ५ प्रतिशत सेयर हिस्सा ओगटेको छ । त्यस्तै, इन्स्योरेन्स कम्पनीहरूको १६ दशमलव १ प्रतिशत रहँदा विकास बैंकको ४ दशमलव ६ प्रतिशत, फाइनान्सको १ दशमलव ८ प्रतिशत र माइक्रो फाइनान्सको ८ दशमलव ६ प्रतिशत सेयर हिस्सा पुँजी बजारमा रहेको छ । 

आर्थिक वर्ष ०७८/७९ मा समग्र बैंक तथा वित्तीय संस्थाको सेयर हिस्सा ६७ दशमलव १ प्रतिशत रहेको थियो । जसमा वाणिज्य बैंकको सेयर हिस्सा मात्रै ३५ प्रतिशत ओगटेको थियो । पुँजी बजारमा यति धेरै सेयर हिस्सा ओगटेको वाणिज्य बैंकको सेयरमा भने लगानीकर्तामा उत्साह आउन सकेको छैन । कोभिड–१९ पछि बैंकको सेयरमा उत्साह घटेको लगानीकर्ता बताउँदै आएका छन् । 

पछिल्लो दुई वर्षदेखि बजार करिब दुई हजारकै विन्दुको वरपरमा घुमिरहेको छ । यसबीचमा जलविद्युत्, फाइनान्स, इन्स्योरेन्स र होटेल तथा पर्यटन क्षेत्रका कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढिरहँदा वाणिज्य बैंकको सेयर मूल्य भने आइपिओबराबरकै मूल्यमा पाउन सकिने अवस्थामा पुगेको छ । बिहीबार नेप्से परिसूचक २८ दशमलव ६८ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव ०९ विन्दुमा आइपुगेको छ । जसमा वाणिज्य बैंकको सेयर ९ दशमलव ५० अंकले घटेको छ । बिहीबारको बजारसम्म आइपुग्दा १९ वाणिज्य बैंकमध्ये दुई सयभन्दा मुनि सेयर मूल्यमा कारोबार भइरहेका १२ वटा वाणिज्य बैंक रहेका छन् ।

वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण पछिल्लो तीन वर्षदेखि नै घट्दै गएको लगानीकर्ता देव गुरागाईंले बताए । राष्ट्र बैंकले ल्याएको मर्जर नीतिले बैंकहरू मर्जरमा गएको र पुँजी थपिएको हुँदा धेरै पुँजी भएका बैंकको सेयर मूल्य बढ्न नसक्ने मनोविज्ञानले लगानीकर्ताले अन्य समूहका कम्पनीमा लगानी बढाउन थालेको उनको भनाइ छ । उनले भने, ‘मर्जर नीतिपछि दोस्रो बजारमा नयाँ लगानीकर्ता त्यति थपिएनन्, त्यसमा पनि दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन लगानीकर्ता छन्, जुन बैंकिङ सेयरमा भन्दा अन्य कम्पनीमा लगानी गरेर छिटो नाफा कमाउने उद्देश्य राख्छन् ।’

राष्ट्र बैंकले पुँजी वृद्धि गर्न र संख्या घटाएर बलियो बनाउने नीतिअनुरूप बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ जारी भएको थियो । अहिलेसम्म आइपुग्दा उक्त विनियमावलीकोे चौथो संशोधन– २०७५ अनुसार कार्यान्वयन भइरहेको छ । मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावली लागू भएर कडाइका साथ कार्यान्वयनमा आएसँगै बैंकहरू एक–आपसमा मर्जर, प्राप्ति गर्न बाध्य भए । यसमा बाध्य हुनुको मुख्य कारण केन्द्रीय बैंकले तोकेको चुक्ता पुँजीको सीमाका कारण हालसम्मको अन्तराललाई हेर्दा वाणिज्य बैंकहरू मर्जर तथा प्राप्तिपछि अधिक पुँजीका बैंक बनेका छन् ।

कुनै वेला वाणिज्य बैंक मात्रै ३२ वटा थिए । हाल वाणिज्य बैंकको संख्या घटेर १९ वटा पुगेका छन् । अन्य कम्पनीको तुलनामा निकै सुरक्षित र बजार प्रभावित नभइहाल्ने कम्पनीका रूपमा वाणिज्य बैंकलाई लिइन्छ । वाणिज्य बैंकहरूको पछिल्लो वित्तीय विवरणले पनि सेयर लगानीकर्तालाई निराश बनाएको छ । अहिलेको वित्तीय विवरणलाई आधार मान्ने हो भने अर्को वर्ष पनि बैंकका सेयर लगानीकर्ताले अपेक्षा गरेअनुसारको लाभांश पाउन कठिन देखिन्छ । पछिल्लो समय सेयर बजारमा उत्तारचढाव आइरहेको छ । यति धेरै सेयर बजार हिस्सा ओगटेको अवस्थामा पनि निराशाजनक हुनु राम्रो नभएको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘बैंकको सेयर पुँजी धेरै हुँदा यसमा चलखेल कम हुने गर्छ, जसका कारण ठूला लगानीकर्ता र ब्रोकरहरूको चासोबाट बैंकको सेयर पछिल्लो समय किनबेच नै हुन छाड्यो ।’

ad
ad