१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पार्टी र भ्रातृ संस्थाभित्र अन्यौलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o६:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाको जीवन्तताको लागि मूल नेतृत्वका रूपमा रहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औँल्याएका छन्।

नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सदस्यहरूको आजसम्म पनि बैठक बस्न नसकेपछि शनिबार बिहान महरको सचिवालय बानेश्वरमा गुनासो गर्न पुगेका संघका केन्द्रीय नेताहरूसँग छलफल गर्दै महरले पाँचजना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताए।

‘पार्टी शीर्ष नेतृत्वको जिम्मा लिएकाहरूको फाइदाका लागि युवा विद्यार्थीहरूलाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिलेसम्म नेविसंघको बैठक बस्न सकेको छैन। भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न सकेन। भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन्। पार्टीका विभाग गठन हुन सकेका छैनन्। पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन,’ उनले भने।

व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तोसुकै सम्झौता गर्ने र आमकार्यकर्ता पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको महरले बताए।

महासमिति बैठक लगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाए। १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको महरले टिप्पणी गरे।

ad
ad