१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १९ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगितामा जुम्ला प्रथम

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १९ शनिबार १३:२४:००

कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा हुम्लालाई हराउँदै जुम्ला प्रथम भएको छ। पहिलो पटक भएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले कब्जा गरेको हो।

शुक्रबार चन्दननाथ रंगशाला राजासिममा भएको फाइनल खेलमा जुम्ला ४–० गोलअन्तरले विजयी भएको हो। जुम्लाको जितका लागि जर्सी नम्बर ७ का रुविन भण्डारीले ह्याट्रिक गर्दा महेन्द्र शाहीले पेनाल्टि सुटमा थप एक गोल प्रहार गरे। भण्डारीले प्रतियोगिता अबधिभर कुल ४ गोल गरेका छन्। 

प्रतियोगितामा कर्णालीका १० जिल्लामध्ये जुम्ला, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोटका ६ टिमले सहभागिता जनाएका थिए। जाजरकोट र मुगु नकआउट चरणबाटै बाहिरीएका थिए भने सुुर्खेत र कालिकोटले सेमिफाइनलसम्मको यात्रा गरे।

विजेता जुम्लाले प्रतियोगिताको कपसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ एन्फा जुम्लाका महासचिव दिपेन्द्र हमालले जानकारी दिए। प्रतियोगिताका बिजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देवेन्द्रबहादुर शाही र प्रमुख जिल्ला अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए।